'बालिकालाई दुर्व्यवहार गरेको आरोपमा जिप चालक पक्राउ'

४ दिन अगाडि

यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखराबाट वालिङतर्फ जाँदै गरेको ग१ज ७०६६ नम्बरको जिप चालककले १६ वर्षीया बालिकालाई दुर्व्यवहार (अनुचित स्पर्श) तथा अस्वाभाविक व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

चालक ४९ वर्षीय अनबहादुर गुरुङलाई वालिङ नगरपालिका–१ रामबाच्छाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । गुरुङ स्याङ्जाकै बिरुवा गाउँपालिका-७ का हुन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सात दिनको म्याद थप अनुमति लिएर चालकमाथि बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको नायव उपरीक्षक चौधरीले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)