'जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु'

५ घण्टा अगाडि

दार्चुलामा जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु
दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।

मृत्युहुनेमा महाकाली नगरपालिका–६ निसिल घरभई कार्यालयमा कार्यरत अधिकृत ईन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घरभई कार्यालयमा कार्यरत सिनियर एओ भरतबहादुर तितरा रहेका छन।

कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सुपप्र–००१ ज १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उनिहरूको मृत्यु भएको वडा अध्यक्ष रामसिंह ठगुन्नाले जानकारी दिए।

जिपमा सवार अन्य चार जनाले घाइते भएका छन्। घाइतेहरूमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घरभई कार्यालय सहयोगी पदमा कार्यरत मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना, तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची