'सिटी सफारी ई-रिक्सा चढेकी किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा चालक पक्राउ'

६ दिन अगाडि

सांकेतिक तस्वीर

आफ्नै सिटी सफारी ई-रिक्सा चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा सुनसरीमा चालक पक्राउ परेका छन् ।

प्रहरीले रामधुनी नगरपालिकाका रोशनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । किशोरीको किटानी जाहेरीमा आरोपितले धरानस्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइल लुटेर लगेको उल्लेख छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया ती युवती सफारीमा चढेपछि अपहरणमा परेकी हुन् । उनलाई विश्वकर्माले गलत बाटोबाट जंगल लगेर बलात्कार र लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।

ती किशोरी मोरङको सुन्दरहरैँचा नगरपालिका-७ गोठगाउँस्थित मावली घरबाट कपडा लिन धरानस्थित घर आएकी थिइन् । फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेका बेला सफारी चालकले इटहरी लग्दिने भनेर चढाएको बताइएको छ । प्रहरीका अनुसार चालकले किशोरीलाई एकान्तमा लगेर कुटपिट गरी अचेत बनाएका थिए । इप्रका धरानका डीएसपी भीषणबाबु राईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरेको र फुटेजका आधारमा सवारीसाधनको पहिचान भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सवारी दुर्घटना र डुबेर पाँच जनाको मृत्यु

जिप दुर्घटनामा परि सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने काठमाडौँका पूर्वसिडिओ रिजाल पक्राउ

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

मनसुनपूर्व नै विपद् न्यूनीकरणको तयारी गर्न गृहमन्त्रीको निर्देशन

पूर्वमन्त्री दीपक खड्का पक्राउ