'श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा श्रीमती हराएको निवेदन दिने श्रीमान पक्राउ'

१ हप्ता अगाडि

श्रीमतीको हत्या गरेर आफैले प्रहरी कार्यालयमा श्रीमती हराएको भन्दै निवेदन दिने श्रीमान पक्राउ परेका छन ।

विराटनगर महानगरपालिका-१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ ।

मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका(१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो ।

प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्टमुनि भेटिएको शव र हराएकी महिलाको हुलिया मिलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार पत्नी हराएको निवेदन दिने रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले श्रीमतीको हत्यापछि शवलाई लुकाउन तन्नामा पोको पारेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि फालेका हुन् । शव भेटिएको स्थान र मृतकको घर करिब ५ किलोमिटरको दूरीमा छ ।

कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन् । श्रीमती हराएको भन्दै रोशनले दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए । प्रहरीमा निवेदन परेको दुई दिनपछि मंगलबार बेलुका कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा शव भेटियो । स्थानीयले शव भेटेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँलाई खबर गरेका थिए ।

मियाँले मंगलबार साँझ प्रहरीलाई खबर गरेका थिए । मंगलबार राति प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । तर, मानिस हराएको निवेदन अध्ययन गर्दा शवको हुलियासँग मिलेक प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार घरायसी विवादका कारण रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । घटना लुकाउनका लागि राति शवलाई कल्भर्टमुनि फालेका थिए । डीएसपी लामिछानेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने