'नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान'

२ हप्ता अगाडि

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ ।

निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ ।

यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्नेछन् ।

निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता दिइने छ । यसमा पनि २५ र २७ मार्चमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण गरेर मात्र यात्रा गर्न पाउने निगमको सूचनामा उल्लेख छ । जहाजको सिट उपलब्धताका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने