'दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी'

२ हप्ता अगाडि

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ ।

राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्करपछि कार चालकले सवारी ब्याक गरेर भाग्ने प्रयास गर्दा सोही दिशाबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको जिपमा ठोक्किँदा दुर्घटना थप जटिल बनेको थियो ।

दुर्घटनापछि कारमा आगलागी भई अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार घटनास्थलमै रहेको र नियन्त्रणमा लिएर कार्यालय ल्याउने तयारी भइरहेको छ ।

कार चालक भारत, बिहार राज्यका ५० वर्षीय शरद प्रकाश चौधरी, बस चालक महोत्तरीको बर्दिवास नगरपालिका–७ का ३१ वर्षीय किरण राई र पिकअप चालक सर्लाही हरिवन नगरपालिका–६ का करिब ३५ वर्षीय अजयकुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने