'पोखरा विमानस्थलको निर्माण गरेका भन्दै २ कम्पनी र २१ व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर'

२ हप्ता अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ।

अख्तियार स्रोतका अनुसार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति तथा दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो।

यसअघि अख्तियारले पहिलो मुद्दा दायर गर्दा विमानस्थल निर्माणमा राजस्व छुटलगायत विषयमा थप अनुसन्धान भइरहेको जनाएको थियो। सोही अनुसन्धानको निष्कर्षपछि दोस्रो चरणको मुद्दा दायर गरिएको बताइएको छ। पोखरा विमानस्थल निर्माणमा आर्थिक अनियमितता, राजस्व छुट र ठेक्का प्रक्रियासम्बन्धी विषयमा अख्तियारले लामो समयदेखि छानबिन गर्दै आएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने