'मध्यपूर्वबाट ८२ हजार बढी नेपालीले विवरण दर्ता, असुरक्षा महसुस गर्ने घटे'

२ हप्ता अगाडि

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत हालसम्म मध्यपूर्वमा रहेका ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सुरुवातमा करिब ६ हजार जनाले आफूहरू असुरक्षित रहेको जानकारी गराएको भए पनि पछिल्ला दिनहरूमा त्यस्तो महसुस गर्नेको संख्या उल्लेख्य रूपमा घटेको बताए।

इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको उनले जानकारी दिए। उनका अनुसार सुरुका दिनहरूमा सुरक्षा सम्बन्धी जिज्ञासा धेरै आउने गरेकोमा अहिले भने श्रम स्वीकृति कहिले खुल्छ भन्नेबारे बढी सोधपुछ भइरहेको छ।

मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने काम भइरहेको जनाएको छ।

यसैबीच, हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत स्वदेश फर्किसकेको मन्त्रालयले जनाएको छ।

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा आफू गम्भीर रहेको जनाउँदै आवश्यक परे उद्धारका लागि पनि तयार रहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने