'लुम्बिनी प्रदेशमा भीषण हावाहुरी, दिउँसै अन्धकार — सतर्कता अपनाउन आग्रह'

२ हप्ता अगाडि

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार भीषण हावाहुरीसहित वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।

बुटवलसहित पश्चिमी क्षेत्रमा अचानक आएको हुरीका कारण दिउँसै अन्धकार जस्तै अवस्था सिर्जना भएको छ।

मौसम विज्ञान विभागले यसअघि नै दाङ, बाँके लगायत जिल्लामा हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो। सोहीअनुसार अहिले ती क्षेत्रमा हल्का वर्षासँगै तीव्र हावाहुरी चलिरहेको छ।

हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना उड्ने तथा विद्युत र सञ्चार सेवा प्रभावित हुने जोखिम बढेको छ। यसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक बाहिर ननिस्कन अनुरोध गरेको छ।

यस्तै, बाँकेका केही स्थानीय तहले खराब मौसमका कारण आज बिदा समेत दिएका छन्। अहिले प्रभावित क्षेत्रमा अन्धकार जस्तै अवस्था देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने