'गरिमा सहकारीद्वारा सहकारी शिक्षा तालिम'

३ हप्ता अगाडि

बुटवल। बुटवल – ९ मिलनचोकमा  रहेको  गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीका शिक्षा उपसमिति संयोजक  विष्णु पन्थको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

थापाले बोल्दै आफ्ना सेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिमले सहजीकरण हुने बताए । उनले पछिल्लो समय बजारमा सहकारीलाई  हेर्ने दृष्टिकोण  फरक भएको बताउँदै सबै सहकारी खराब नभएको र केही सहकारीले राम्रो काम गरेको समेत बताए । तालिममा जिल्ला सहकारी  संघ लिमिटेड रुपन्देहीका  महासचिव दामोदर पंगेनीले प्रशिक्षण दिएका थिए । उनले सहकारी के हो ? सहकारीमा देखिएका समस्याहरु, सरकारले सहकारी सम्बन्धि बनाएका कानून र सहकारीले गरेका योगदानका बारेमा  प्रशिक्षण  दिएका थिए ।

तालिममा  सहकारीका सल्लाहकारहरु  कृष्णप्रसाद देवकोटा, पुरुषोत्तम आचार्य, सचिव नागेन्द्रराय  यादव, कोषाध्यक्ष छबिलाल अर्याल, सञ्चालक समिति सदस्य उषा भट्टराईलगायत करिब ७० जना सेयर सदस्यहरुको सहभागिता रहेको सहकारीका व्यवस्थापक कमला भुर्तेलले जानकारी दिइन् ।   सहकारीका लेखा समिति संयोजक डोलराज शर्माको स्वागत मन्तव्यमा भएको कार्यक्रम  शिक्षा उपसमिति सदस्य लक्ष्मी घिमिरेले सञ्चालन गरेकी थिइन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)