'जङ्गलमा बाख्रा चराउन गएकी श्रीमतीलाई श्रीमानद्धारा गोली हानी हत्या'

३ हप्ता अगाडि

कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् ।

कैलालीको गोदावरी नगरपालिका–४ मा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि थप विवरण आउन वाकी रहेको उनले बताए ।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । युवक अझै होसमा नआएको हुँदा घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने