'अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ'

२ हप्ता अगाडि

धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत भेटिएकी छन् ।

माइती पक्षले छोरीको हत्या भएको आरोप लगाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । मुकेश र विभाले ५ वर्षअघि भागी विवाह गरेका थिए ।

विवाहको लामो समय हुँदा दुवैका सन्तान नभएको र त्यही प्रसंगमा बहिनीमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको मृतक विभाका दाजु मनिषकुमार महतोको आरोप छ ।

अहिले विभाको शरीरमा नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको दाबी गरेको छ । विभाका दाजु मनिषले उनका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीसमक्ष जाहेरी दिएका छन् ।

जाहेरीका आधारमा प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) गणेश बमले आत्महत्या दुरुत्साहनमा जाहेरीका आधारमा पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने