'निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि बेपत्ता'

२ हप्ता अगाडि

सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार सुर्खेत बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री र सुर्खेतको लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली २३ फागुनदेखि सम्पर्क विहीन भएका हुन् ।

उनीहरू २३ फागुनमा घरदेखि १७ किलोमिटर दक्षिण तर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएका थिए । तर उनीहरू अहिलेसम्म नफर्किएपछि बराहताल गाउँपालिका-२ का आसे महतराले खोजीकार्यका लागि सोमबार प्रहरीलाई जानकारी गराएका हुन् ।

प्रहरीका अनुसार उनीहरू बेपत्ता भएकाबारे जानकारी गराउने आसे महतरा टोपबहादुर खत्रीका भेनाजु हुन् ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ