'जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतिघरमा प्रदर्शन'

३ हप्ता अगाडि

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

प्रदर्शनकारी युवाहरूले ‘प्रतिवेदन खै ?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । भदौ २३ र २४ गते युवाहरूले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि झडप भएको थियो ।

 

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ ।

प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)