'नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ पक्राउ'

३ हप्ता अगाडि

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौँको नागार्जुन–५ सितापाइलाबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ वर्ष कैद र २२ करोड रुपैयाँ भन्दा बढी जरिवानापछि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

श्रेष्ठ नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही अनियमित एवम् गैरकानूनी तवरले निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने कार्य गरेको मुद्दामा दोषी कसुर भएका व्यक्ति हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं. २४ वटु घर भई सितापाइला बस्दै आएका ६९ वर्षीय श्रेष्ठ सर्वोच्च अदालतबाट दुई वटा मुद्दामा दोषी करार भएका व्यक्ति हुन् ।

२०८१ भदौ ५ गते भएको फैसलामा उनले १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ तथा तीन वर्ष कैद र अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ जरिवाना र ३ वर्ष कैद भएको थियो ।

२२ करोड ६७ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय ठहर भएपछि फरार श्रेष्ठलाई सिआइबीले नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतमा पेस गरेको प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षले शिवकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)