'देवदह मदर टङ्गस एकेडेमीमा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न'

३ हप्ता अगाडि

देवदह ५ मितेरी गाउँ स्थित देवदह मदर टङ्गस एकेडेमीको अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको बिचमा २ समूहमा विभाजन गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

वर्तमान अवस्थामा बालबालिकाको शैक्षिकस्तर राम्रो बनाउन अभिभावकहरुको सहभागिता अपरिहार्य भएको भन्दै विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले सिकाईको पहिलो पाठशाला घर र अभिभावक पहिलो गुरु भएकोले संस्कार र व्यवहारिक कुरा घरबाट नै सिक्ने वातावरण बनाउनु पर्ने उहाँले बताउनु भयो । उहाँले अभिभावकले पैसा र आवश्यकता पूर्ति गरेर मात्र जिम्मेवारी पुरा नहुने भन्दै बालबालिकालाई हरेक दिन केही समय दिन सके बालबालिकामा धेरै परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक भिम प्रसाद गुरुङले विद्यार्थीहरुको हरेक क्रियाकलापको बारेमा अभिभावकले चासो लिनु पर्ने र नियमित विद्यालय आइरहनु पर्ने बताउनुभयो । विद्यालयका भाइस प्रिन्सिपल देवराज गुरुङले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्मका सम्पूर्ण परीक्षाहरुमा शतप्रतिशत नतिजाका साथ उत्कृष्ट पठनपाठन भएको बताउनुभयो । कक्षा शिक्षकहरुले कक्षागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा अभिभावकहरुले लिखित तथा मौखिक सुझाव प्रदान गर्नुभएको थियो । विद्यालयका प्रिप्राइमरी कोअर्डिनेटर ज्ञानुकला न्यौपानेको अध्यक्षता र विद्यालयका भाइस प्रिन्सिपल यमलाल शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे