'देवदह बुद्ध पब्लिक विद्यालयमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न'

४ हप्ता अगाडि

देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले शनिबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ४, ५ र ६ का अभिभावकका लागि बिहान सत्र तथा कक्षा ७, ८, ९ र १० का अभिभावकका लागि दिउँसो सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रममा ‘आइएसओ’ नेपालका प्रतिनिधि रेवत रानाले अभिभावकलाई अभिमुखीकरण प्रदान गरेको विद्यालयले जनाएको छ। कार्यक्रममा ‘आइएसओ’का कन्ट्री डाइरेक्टर सुदीप शर्मा तथा लुम्बिनी प्रदेश इन्चार्ज टीकाराम शर्माको पनि उपस्थिति रहेको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। अतिरिक्त क्रियाकलाप प्रमुख ढुन्डिराज मरासिनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दुवै सत्रमा गरी कुल ३१० जना अभिभावकको सहभागिता रहेको जनाइएको छ।

कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोसी गुरुङ, प्रा.वि. इन्चार्ज अञ्जना ओली लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे