'पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ भन्दै दिए बालेनले ओलीलाई समवेदना'

३ हप्ता अगाडि

पितृशोकमा परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले समवेदना प्रकट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली शुक्रबार पितृशोकमा परेका छन् । ओलीलाई समवेदना प्रकट गर्दै उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’

केही समयअघिमात्रै आफूले पिता गुमाएको स्मरण गर्दै उनले पिताको अनुपस्थितिबाट जिन्दगीमा कतिसम्म रित्तोपन ल्याउँछ भन्ने आफूले महसुस गरेको बताए ।

‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने