'निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका एमाले नेता कृष्ण थापाको निधन'

३ हप्ता अगाडि

निर्वाचन समीक्षा बैठकमा बोल्नासाथ ढलेका एमाले कास्की इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यका अनुसार भर्खरै मणिपाल मेडिकल कलेजले उनको निधनको घोषणा गरेको हो ।

निर्वाचन समीक्षा कार्यक्रममा आफूले बोल्नासाथ कुर्सीमा बसेका थापा त्यहीँ ढलेका थिए ।

महानगर अध्यक्ष आचार्यका अनुसार १० मिनेटभित्रै मणिपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । त्यहाँ पुग्दासम्म श्वासप्रश्वास चलेजस्तो लागेको, तर केही समयमै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

फागुन २१ को चुनावका लागि एमालेले सुरूमा कास्की-२ बाट थापालाई टिकट दिएको थियो । पछि रश्मी आचार्यलाई अघि सारियो । थापाकै प्रस्तावमा रश्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले बताएको थियो ।

रश्मी रास्वपाका उत्तम पौडेलसँग पराजित भए । उत्तमले ३१९११ भोट पाउँदा रश्मी ७४९३ मतमा रोकिए ।

२०५४ को स्थानीय तह निर्वाचनमा पोखरा नगरपालिकाको मेयर निर्वाचित थापा संविधानसभा सदस्य थिए । उनी एमाले कास्कीको अध्यक्ष हुँदै तीन कार्यकाल केन्द्रीय सदस्य भएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
100%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने