'उत्तेजना नफैल्याऔँ, जसको जितहार भए पनि नेपाल नहारोस्-गगन थापा'

१ महिना अगाडि

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच बर्षे योजनासहितको मुद्दामा बहस र प्रतिष्पर्धा हुने अपेक्षा आफुले गरेपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताएका हुन्।

आफुले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यसपटक चूनावमा हुन नपाएको उनको भनाइ छ ।

त्यस्तै, सभापति थापाले अहिलेको चूनाव विशेष परिस्थीतिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरे ।

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने