'१३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ'

१ महिना अगाडि

खोटाङमा १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षक दिक्तेल इंलिस बोर्डिङ स्कुलका हुन् ।

उनले फागुन ९ गते गृहकार्य सिकाइदिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप छ । त्यसपछि पनि उनले बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारको भनाइ छ ।

पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि पीडित बालिकाका बुवा र काका पीडकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी अन्तर्गतको जाहेरी दर्ता गरिएको छ ।

ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणमा गएदेखि नै छात्रालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेको पीडित परिवारको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने