'वृद्धमाथि सडकमा हातपात गरेका व्यक्तिमाथी अदालतद्धारा सात दिनको म्याद थप'

१ महिना अगाडि

सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

रक्सीले मातेका वृद्ध पुरुषमाथि एक प्रौढ व्यक्तिले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंगलबार उक्त कार्यमा संलग्न बमलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । कानूनी व्यवस्था अनुसार परिसरले जिप्रकाबाट सात दिन म्याद लिएर अनुसन्धान गरेको हो । प्रवक्ता भट्टराईका अनुसार आज सरकारी वकिलको कार्यालयमा बमको बयान भइरहेको छ ।

नेपालको मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा अभद्र व्यवहारसम्बन्धी कानूनी व्यवस्था रहेको छ । यस दफाअनुसार कुनै पनि व्यक्तिले सार्वजनिक स्थलमा कसैलाई गालीगलौज, कुटपिट वा अश्लिल व्यवहार गरेको खण्डमा त्यसलाई अभद्र व्यवहार मानिन्छ । यस्तो कार्य गरेको प्रमाणित भएमा अधिकतम १ वर्षसम्म कैद वा १०,००० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । यदि यो व्यवहार यौनिक दुव्र्यवहारसँग सम्बन्धित छ भने दफा २२२ अन्तर्गत थप कडा सजाय हुन सक्छ ।

स्थानीय प्रशासन ऐन अनुसार अभद्र व्यवहारसम्वनधी मुद्दा सामान्यतया प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्छन् । सजाय पनि उनले नै तोक्छन् ।

बैतडी घर भएका ४२ वर्षिय बम हाल बालुवाटार बस्छन् । उनी आफ्नी सालीसहित कारमा सवार हुँदै गर्दौ रक्सी खाएका वृद्धले हैरानी दिएपछी गाडीबाट झरेर वृद्ध पुरुषमाथि मुक्का हानेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने