'देवदह ईङ्लिस बोर्डिङ स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न'

२ महिना अगाडि

देवदह ७ स्थित देवदह ईङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास तथा प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा टिम ‘ए’ प्रथम स्थान हासिल गर्न सफल भएको थियो। जसमा आहाना सुवेदी, कायरब नेपाली र मयुरा वि.क.ले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैगरी टिम ‘एफ’ का प्रियन काफ्ले, सिजन काफ्ले र सुरक्षा सारुले द्वितीय स्थान प्राप्त गरे भने टिम ‘सी’ का विवान क्षेत्री, इभाना पाण्डे र निर्देश चापागाईं तृतीय स्थान हासिल गर्न सफल भए।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मनोज कुमार गैरेले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, सामान्य ज्ञान तथा समूहगत कार्यक्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

उक्त कार्यक्रम विद्यार्थी दिया न्यौपानेको सञ्चालन र कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे