'सर्लाहीमा गोली लागेर एक बालक घाइते'

२ महिना अगाडि

सर्लाही सदरमुकाम मलंगवामा आज दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।

मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।

घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए ।

नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे