'तेह्रौ दीप गाएन तारा भोली देखी सुरु'

२ महिना अगाडि

बुटवलमा रहेको दीप बोडिङ्ग हाई स्कुलले तेह्रौ दिप गायन तारा आयोजना गर्ने भएको छ ।

रुपन्देहीको सुखानगरस्थित दीप बोर्डिङ हाई स्कुलले आफ्नो ४५ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध शैक्षिक, सृजनात्मक तथा सामाजिक कार्यक्रम विहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्राचार्य टिकाराम न्यौपानेले विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर योगदान दिँदै आएको बताए । नगर, जिल्ला र राष्ट्रिय स्तरका कविता लेखन, वक्तृत्वकला, वादविवाद, निबन्ध, हाजिरीजवाफ, चित्रकला तथा विभिन्न खेलकुद जस्ता प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् पनि न्यौपानेले बताएका थिए ।

वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा विद्यालयले फागुन १ गतेदेखि ‘दीप गायन तारा’ प्रतियोगिता सञ्चालन गर्नेछ । फागुन ५ गते विद्यालय परिसरमा औपचारिक रूपमा ४५औँ वार्षिकोत्सव समारोह आयोजना गर्ने विद्यालयले जनाएको छ ।

दीप बोडिङ्ग हाई स्कुलबाट हालसम्म एसएलसी र एसईई गरेर ११ हजार पाँच सय बढी विद्यार्थी उर्तिण भएको विद्यालयले जनाएको छ ।

विद्यालयले अभिभावक, पत्रकार, पूर्व विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन समेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश