'६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ'

२ महिना अगाडि

६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवल्दारसहित चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

‘प्रहरी हवल्दारसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसएसपी खड्काले भने ।

‘सस्तोदरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप