'सनम शाक्य हत्या काण्ड: ‘गोरे’ लाई जन्मकैदसहित थप १० वर्ष जेल'

२ महिना अगाडि

३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।

उच्च अदालतले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई थप कैद तोकेको हो । यसअघि उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय दिइएको थियो ।

न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति फैसला सुनाएको हो । माघ २० गतेदेखि निरन्तर सुनुवाइपछि यो निर्णय आएको हो ।

अदालतले केही अन्य प्रतिवादीहरूको सजाय भने घटाएको छ । २० वर्ष कैद सजाय पाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई अब १०–१० वर्ष मात्र कैद हुनेछ । साथै, मदन सिलवाललाई ३ वर्ष कैद सजाय सुनाइएको छ भने लाक्पा शेर्पा र भविन तामाङको हकमा पुरानै फैसला कायम गरिएको छ ।

तर करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध र भन्सार चोरी निकासी मुद्दामा भने अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ । पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री लगायतले पनि सफाइ पाएका छन् ।

२०७४ सालमा दुबईबाट ल्याइएको ३३ किलो सुन गायब भएपछि सुरु भएको यो प्रकरणमा, सोही सुन खोज्ने क्रममा सनम शाक्यको यातना दिएर हत्या गरिएको थियो । हालसम्म पनि उक्त सुन फेला परेको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश