'एयरपोर्ट भन्सारमा अख्तियारको छापा, साढे २ लाख घुससहित तीन कर्मचारी पक्राउ'

२ महिना अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल ९निकासी० शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० हजार, त्यही घर्रामा स्रोत नखुलेको ४० हजार अनि उनको साथबाट स्रोत नखुलेको ९६ हजार गरी कुल एक लाख ४६ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

अख्तियारले नासु रिजालको साथबाट २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको थियो ।

अख्तियारका अनुसार घुस रकम र स्रोत नखुलेको समेत गरी कुल दुई लाख ६८ हजार रुपैयाँ र विभिन्न व्यक्तिका २३ वटा मोवाइलसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप