'सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ'

२ महिना अगाडि

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल पाँच हजार ९२० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)