'सेयर बजारमा हरियाली, नेप्से ३१ अंकले उकालो लाग्दै कारोबार ८ अर्ब नाघ्यो'

३ महिना अगाडि

आइतबार सेयर बजारमा सबै सूचक बढेका छन्। नेप्से परिसूचक ३१.१२ अंकले बढ्दै २ हजार ६७२ अंकमा पुगेको छ। कारोबार सुरु भएदेखि नै बजार निरन्तर हरियो रहँदा लगानीकर्ताको मनोबल उच्च देखिएको छ।

कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले धमाधम उम्मेदवार घोषणा गरिरहेका छन्। चुनावप्रतिको विश्वास बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ।

आज २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचक उकालो लागेका छन्। तीमध्ये फाइनान्स समूह सबैभन्दा धेरै ५.७३ प्रतिशतले बढ्यो।

अन्य समूहगत सूचकतर्फ विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार समूह ०.५४ प्रतिशतले बढेका छन्।

आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशतले बढ्ने कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स रहेका छन्।

त्यसैगरी सेन्ट्रल फाइनान्सको सेयर मूल्य ८.८८ प्रतिशत, गुराँस लघुवित्तको ८.८६ प्रतिशत र बन्दीपुर केबुलकारको ७.४७ प्रतिशतले वृद्धि भएको छ।

यता थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.७८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् अग्रस्थानमा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप