'देवदह महोत्सवमा दुर्गेश थापाको ‘धमाका’'

३ महिना अगाडि

देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको छैठौं दिन दुर्गेश थापाले प्रस्तुति दिएका छन् । दर्शकको बाक्लो उपस्थिति बीच गायक तथा स्टेज प:फमर थापाले ‘धमाका’ मच्याएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले बताए । ‘आफ्ना जोसिला फ्यानहरुको उपस्थितिमा कलाकार थापाले एक घण्टा प्रस्तुति दिए ।’ संयोजक ठडराईले भने, ‘मेलामा स्थानीय र राष्ट्रियस्तरका जोसिला कलाकारहरुको आगमन बढ्दो छ ।’

सोमवार दर्शकको उल्लेख्य उपस्थिति रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । उनले हालसम्म ४० हजार दर्शकले मेला अवलोकन गरेको बताए । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे