'शनिवार ज्योति मगरले तताइन् देवदह, आइतवार अर्जुन सापकोटा आउँदै'

३ महिना अगाडि

देवदह । देवदहमा जारी दशौँ देवदह महोत्सवको चौंथो दिन दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराईले शनिवार कलाकार ज्योति मगरले देवदह तताएको बताए ।

‘देवदह, सुनवल र आसपासका दर्शकले देवदह मण्डप भरिएको छ ।’ संयोजक ठडराईले भने, ‘ स्थानीय र राष्ट्रियस्तरका कलाकारको आगमन बढ्दो छ । पुषको ठण्डीमा देवदह तात्दैछ ।’ विदाको दिन परेको र कलाकार ज्योति मगरको उपस्थितिसमेत रहेकोले दर्शकको उपस्थिति हालसम्म कै उच्च रहेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक गङ्गा विकले बताए । उनले शनिवार आठ हजार दर्शकले मेला अवलोकन गरेको बताए ।

यसैगरी महोत्सवमा सिङ्गगिङ्ग आइडल सुरु भएको छ । आइडलको पहिलो चरणबाट दुई प्रतिस्पर्धी बाहिरिएको आइडल संयोजक तेजु अर्यालले जानाकरी दिए । महोत्सवमा आइतवार गायक चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति रहने जनाइएको छ । मेलाका प्रसार-प्रसार संयोजक विष्णु पोखरेलले आइतवार सापकोटासंगै कलाकार दामोदर बस्याल, श्यामकली भण्डारी, ऋतु थापा, विधान कार्की, विनिता घर्ती मगर लगायतको उपस्थिति रहने बताए । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु¥याउँदै आएको आयोजकको भनाइ छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहको महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने