'जेन्जी प्रदर्शन नियन्त्रण गर्ने प्रहरीको तयारी, प्रशासनबाट अनुमति नलिएको दाबी'

२ महिना अगाडि

जेन्जी नेता मिराज ढुंगाना नेतृत्वको आन्दोलनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएका कारण प्रहरीले नियन्त्रणको तयारी गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा आयोजना गर्ने घोषणा गरिएको आन्दोलन नियन्त्रण गरिन लागेको हो । ‘उहाँहरु आएर त्यहीँ मात्रै बस्ने हो भने पनि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने थियोे, नलिएका कारण हामी अगाडि बढ्न दिँदैनौ,’ उनले भने ।

जेन्जी अगुवा मिराज ढुङ्गानाको समूहले जेन्जीको माग, मुद्दा सम्बोधन नभएको भन्दै १० बुँदे एजेण्डासहित आन्दोलनको घोषणा गरेको छ । समूहले हिजो युवाको भावनाबमोजिम सरकार सञ्चालन नभएको आरोप लगाउँदै सोमबारदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको थियो ।

जेन्जी अगुवा ढुङ्गानाले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यसहित सुशासनका पक्षमा भएको गत आन्दोलनको मर्म र भावनाबमोजिम परिणाम आउन नसकेकाले आफूहरू पुनःसडकमा आउन बाध्य भएको बताएका थिए ।

उनले राज्यको पुनःसंरचना, राजनीतिक स्थिरता, निष्पक्ष न्याय र संविधान पुनर्लेखनसहित संवैधानिक सुधार, पक्राउ परेका जेन्जी अभियन्ताको तत्काल रिहाइ र आन्दोलनका क्रममा युवाको हत्यामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडाभन्दा कडा कारबाही गर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास