'उग्र राजनीतिक चेतनाः नेपाली समाजको नयाँ रोग'

६ महिना अगाडि

नेपालि समाज राजनीतिक रुपमा जागृत हुनु, सचेत बन्नु अस्वाभाविक होइन। विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्ष, परिवर्तनका आन्दोलनहरू, जनताले गरेको त्याग, बलिदान र  उतारचढाव—जसले नेपाली जनतालाई राजनीतिक रूपमा सचेत बनाएका छन्। तर बर्तमान समयमा यो चेतना हरेक संघसंगठन देखि सबै क्षेत्रका ब्यक्तिसामु  उग्र रूप लिएर समाजका हरेक तहमा व्याप्त भएको देखिन्छ।
धेरै जसो छलफल बहस वा कुराकानिको विषय के हुन्छ सबैले अनुमान गरेको सबैलाइ बानी परेको विषय नै राजनीति । तार्किक बौद्धिक वा बस्तु विषयकेन्द्रित होईन कि कुन नेताले के भन्यो कुन नेताले खन्डन गर्यो मिडियामा के आयो, संजालमा के भाइरल भएको छ। यस्तै यस्तै मनगण्नते भावनात्मक वा यस्तो उस्तो हुनसक्ने अनुमानित राजनीतिक विषयमा व्यापक रुपमा तेरो,मेरो पार्टी,नेताहरुको बोलिको चर्चा मात्रै हुन्छ। यो देश कुन कुन नेताले बिगारे कुन नेताले देश चलाउदा देश बन्छ, अबको नेतृत्वमाको आउँछ बढी छलफल हुन्छ तर मेरो विचारमा देश बन्छ बन्दैन भन्नू सोच्नु राम्रो तर त्यो भन्दा अझै राम्रो देश बनाउन पनि मैले काम गर्नुपर्ने छ,म पनि समृद्ध बन्नुपर्ने छ ब्यक्ति समृद्ध बन्दा परिवार आत्मनिर्भर बन्छ परिवार परिवार समृद्धि र आत्मनिर्भर हुदा सिङ्गो देशलाई नै विकसित बनाउन सकिन्छ। आफुले कुनै कर्म नगरी गफ लगाएकै भरमा,आफ्नो खेतबारी बाझो राखेर सामाजिक संजाल प्याजको मुल्य बढयो भनेर खुर्सानी महङ्गो भयो भनेर उग्रदेश भक्तिको भावनाले देश बन्दैन। मेरो घर समृद्ध बन्छ कि बन्दैन,मेरा छोराछोरीको शिक्षा के होला? कस्तो सीप र सस्कार दियो भने उनीहरु आत्मनिर्भर बन्छन, चिन्तन यता पनि हुनुपर्यो । तर चिन्ता देशको देश बनेन भन्ने आफ्ना छोराछोरीलाई देशको माटोले खोजेको शिक्षा दिन खोज्यौ कि खोजेनौ कुरा देशभक्तिको गर्ने काम चाहिँ बिदेशनै लखेटन खोज्ने अनि देश खत्तम भयो सतिले सरापेको देश भनेर भएन ।
आजकल नेपाली  बजारमा ब्यापारीहरु जुटे भने पनि छलफल देश र राजनीतिकै हुन्छ तर  हुनुपर्ने बहस  ब्यापार कसरी बिस्तार गर्ने, ग्राहकको सन्तुष्टि के छ, ग्राहक नै भगवान हुन ती भगवानलाई कसरी खुसी पार्ने, कस्तो कस्तो अफर लगाउने , सामानको सजावट  कसरी गर्ने, मेरो ब्यापार ब्यवसायको प्रतिस्पर्धा को सङ कत्तिको प्रतिस्पर्धा हुन्छ ,ग्राहकले कस्ता सामाग्री बस्तुसेवा खोजेका रोजेका छन । ग्राहक आउने बित्तीकै सामान भन्दा पहिला ब्यापारिको मुहार हेर्छ आजकल मान्छेले सामान भन्दा पहिला खुसी किन्न जान्छ अर्थात् जुन व्यापारी खुसी हसिलो जोशिलो हार्दिकताका साथ ग्राहक सङ ब्यवहार गर्छ उसैप्रती ग्राहक आकर्षण हुन्छ। बिहान उठेदेखी रातीनसुते सम्म सामाजिक संजालका नकारात्मक  समाचारका विषय दिमागमा राख्यो अनि पसल खोल्दा देखि नै ब्यापारनै छैन, ग्राहक नै छैनन,मन्दी छ मान्छे सङ पैसा नै छैन भन्ने सोच राखेर न  व्यापार न ब्यवसाय हुन्छ त्यस्ता ब्यापारीले आफ्नो सामान भन्दा निरासाको ब्यापार गरेका हुन्छ्न। बिदेशमा कसरी ब्यापारिक कार्य वा ब्यवसाय  के हुन्छ आधा नेपालीबिदेश बाट अनुभवी नै हुनुहुन्छ सामान्य हाम्रो छिमेकी सुनौलिका व्यापारी सङ गयौ भने कोहि कसैसङ अनावश्यक राजनीतिक वा फाल्तु विषयमा बहस गर्ने फुर्सद पनि छैन र त्यसरी गफ गर्ने मानसिकता बानी पनि छैन जसरी हुन्छ जे गरेर हुन्छ आफ्नो व्यापार ब्यवसायलाई महत्त्व दिन्छन। भारतकै अधिकास क्षेत्रमा मैले बुझे सम्म  सामान्य  नागरिकहरुले अनावश्यक भेट गर्दै, दिनभर ग्रुपबनाउदै वा कार्यस्थल मै पनि  राजनीतिक बहस गर्ने बानी देखिदैन। तर हाम्रोमा  अलि बढी नै अलि तल्लोस्तरमै आफन्तकोमा जादा होस वा घाट जादा खाना खादा होस वा बसमा यात्रा गर्दा सबैले सबै क्षेत्रमा राजनीतिकै बहस छलफल हुनु देशका लागि सामाजिक सद्भाव र आर्थिक सामाजिक दृष्टिले पनि त्यतीराम्रो होईन।
जुन विषयको बढी चर्चा हुन्छ त्यो क्षेत्रमा जनताको चासो बढी हुन्छ । चासो बढ्नु भनेको आशा अपेक्षा बढी हुनु पनि हो ।आफुले सोचेको अपेक्षा पूरा नहुनु तत्काल नै निराशा छाउनु , तत्काल आक्रोश आबेग आउनु स्वभाव नै हो।
ब्यापारिका सटर आगन होस वा विद्यालय परिसर होस् , चिया पसल  होस वा अस्पतालको पालोमा बसेका बिरामीहरू हुन् या सार्वजनिक यातायातका यात्रु, शिक्षक, कर्मचारी, विद्यार्थी, व्यापारी—सबैजना राजनीतिक बहसमा रुमलिन थालेका छन्।
राजनीतिक चेतना कि अन्धसमर्थन?
राजनीतिक चेतना भनेको आफ्नो अधिकार र कर्तव्यप्रति सजग हुनु हो। तर आज त्यो सजगता भन्दा बढी, दलविशेषको अन्धसमर्थन र आलोचनाको नाममा अरूलाई हेप्ने प्रवृत्तिमा परिणत भएको छ। मानिसहरू सत्यतथ्य  प्रमाणको आधारमा होइन, ब्यक्तिगत स्टाटस,  सामाजिक सञ्जालको पोस्टको भरमा निष्कर्षमा पुग्छन्।
शिक्षक र कर्मचारीः चेतनाको माध्यम कि राजनीतिक आधार?
शिक्षक शिक्षाका मेरुदण्ड हुन् , शिक्षक चेतना, सीप सस्कारका आधार स्तम्भ हुन ।
प्राय बिधालयमा शिक्षकहरुमा कक्षाकोठाको पढाइ बाहेक बाहिर बढी चर्चा छलफल बहस राजनीति कै हुन्छ। तर हुनुपर्ने के हो । हाम्रा बालबालिकाको अवस्था कस्तो छ विषयगत रुपमा कस्तो छ पढाई , घरायसी बाताबरण, बालबालिकाको अपेक्षा हाम्रो शिक्षण सिकाइको  उपलब्धि, कुन कुन शिक्षण शैली वा कुन कुन क्रियाकलाप बाट बालबालिकाको शैक्षिक नतिजा उनिहरुको आनिबानीमा सुधार वा परिवर्तन ल्याउन सकिन्छ। पाठ्यक्रम पाठ्यप्य्स्तक मात्रै नभै प्रकृति परिस्थितिको कसरी अध्यन गर्ने कसरी परिस्थितिको सामना गर्ने भन्ने कला कसरी सिकाउने, कसरी बालबालिकाको नेतृत्व क्षमताको बिकास गर्ने, योग, गितसंगीत, खेलकुद लगायतको शारीरिक मानसिक बौद्धिक प्रभाव  भन्ने विभिन्न पुस्तकको खोज अध्यन लगायतका विषयमा छलफल हुनुपर्ने हो। किनकी बर्तमानका बालबालिका हरेक दिन हरेक पिरियड हरेक शिक्षक बाट पृथक शैली खोजेका हुन्छन ।हरेक दिन सबै शिक्षकबाट एउटै शैलीको शिक्षण सिकाइ बाट बिद्यार्थीको मन मस्तिष्कलाई केन्द्रित वा आकर्षित गर्न कठिन छ। त्यसको लागि हाम्रो बहस छलफलको विषय पनि शिक्षाकै हुनुपर्यो  बिधालयमा शिक्षा भन्दा राजनीतिको बढी बहस आम बिद्यार्थी अभिभावक र स्वयम् शिक्षकहरुलाइ विषयगत र समग्र बिधालयको नतिजामा प्रभाव पार्ने विषय हो।
तर जब विद्यालयभित्र शिक्षक स्वयं राजनीतिक दलको प्रचारक जस्तो प्रस्तुत हुन्छन्, तब त्यो शिक्षा प्रणालीमाथि नै प्रश्न उठ्छ। कर्मचारी, जसले राज्य सञ्चालन गर्नुपर्ने हो, उनीहरू नै हरेक राजनीतिक घटनामा खुलेर धारणा बनाउने, कार्यालयमै गुट बनाएर काम गर्ने प्रवृत्ति बढ्दो छ।
सार्वजनिक कार्यक्रम सभा समारोह उत्सव होस वा अन्य क्षेत्रका  कार्यक्रम अधिकास ब्यक्तिलाइ भासण गर्न लगाउने बक्ता बनाउने सबैको भासणमा आउने विषय राजनीति नै हुने, कार्यक्रमको मुल मर्म उदेश्य तर्फ कम बहस छलफल तर विषय भन्दा बाहिर गएर राजनीति कै बहस हुनुपनी समाजमा उग्र राजनीतिक चेतनाको कारण हो।
सारकारी होस वा अन्य गैरसरकारी  अझै अस्पतालमा समेत प्राय कार्यलयमा कर्मचारीलाई फुर्सद भयो भने सरकारी कार्यलयमा त फुर्सद नै निकालेर समेत राजनीतिकै बिसयमा बढी बहस छलफल चल्छ हुनुपर्ने छलफल के हो ? सेवाग्राहीलाई कसरी बढी सन्तुष्टि दिने, सेवाप्रवाहमा देखिएका समस्याहरु के के हुन ती समस्या को सङ बढी सम्बन्धित छन त्यसलाइ समाधान गर्न आफ्नो भुमिका के के हुन्छ  त्यस सम्बन्धि खोज अध्यन वा बहस बिचार बिमर्श हुनुपर्ने हो। अधिकास कर्मचारीहरुले आफ्नो मुल पेशा कर्म धर्म नै भुलेर  राजनीतिक कार्यकर्ता वा राजनीतिक नेतृत्व जसरी  सामाजिक सन्जालमा उग्र राजनीतिक बिचार प्रवाह देखि बहस देखिन्छ।यसले के देखाउछ भने कर्मचारीगरु तटस्थ रहेर राष्ट्रको सेवा गर्नुपर्ने हो तर आफ्नो काममा भन्दा बढी राजनीति विषयमा रमाउने यो सेवाप्रवाह सुशासनको हिसाबले पनि त्यति राम्रो मानिदैन।
नेपालमा अधिकास  राजनीतिक नेता वा कार्यकर्ताले एक अर्कालाई दोसारोपण गर्ने, आफू सबै हिसाबले राम्रो, आफ्ना योजना सबै राम्रा आफ्ना कुरा नै सर्बेसर्वा हुनुपर्ने अरुका योजनाअरुका बिचार सुझाव वा नितिकार्यक्रम लाई जसरी हुन्छ बिरोध नै गर्नुपर्ने परम्परागत संकीर्ण सोचवाट ग्रसित छ।
राजनीतिक बहस र सामाजिक दूरी
राजनीतिक विचार फरक हुनु स्वाभाविक हो, तर ती विचारले व्यक्तिगत सम्बन्ध बिथोल्न थाल्दा, समाज ध्रुवीकृत हुन्छ। अहिले सङै जीवन जिउने बाचाबन्धन कसेकाहरु पनि सामन्य बिचार नमिलेर फसेका छन , विचार नमिल्दा सम्बन्ध विच्छेदसम्म पुगेका दृष्टान्तहरू ब्यप्त छन्। सामाजिक सञ्जाल त अझ विभाजनको कारखाना बनेको छ—जहाँ सत्यभन्दा आरोप बढी छ, तथ्यभन्दा भावना बलियो छ।
अहिले अलि बढी चर्चामा रहेको शब्द झोले आफुले अरुलाइ झोले देख्ने तर आफुले पनि त्यही झोले प्रवृत्ति अपनाएको नदेख्ने नलेख्ने। प्राय हामी नेपाली कोहि न कोहिको अन्ध समर्थक वा अन्धआलोचक बनेका छौ त्यो पनि अराजक झोले प्रवृत्ति नै हो।
यो स्थिति किन आयो?
राजनीतिक दलहरूको चरित्र: दलहरू स्वयं आन्तरिक लोकतन्त्रविहीन, घोषणापत्रभन्दा बढी गालीगालोजतर्फ केन्द्रित, ब्यक्ति वा नेतृत्वको देवत्व र दानवत्वकरण बढी भयो। सबैले आफ्नो मात्रै स्वार्थ केन्द्रित बिचार, आफू अनुकुल नेतृत्वको पक्षपोषण गर्दाको परिणाम पनि यो अवस्था आएको हो।
शिक्षा प्रणालीको कमजोरी: समालोचनात्मक चिन्तन सिकाउनेतर्फ भन्दा रट्ने प्रवृत्तिमा केन्द्रित पाठ्यक्रम भयो जसको कारण तर्क बिबेक सत्यतथ्य सुन्यतामा छ।
मिडिया र सामाजिक सञ्जालको प्रभाव: अपुष्ट समाचार र दुष्प्रचारको बाढी। आज संजालमा जे लेख्न जे बोल्न जे शेयर गर्न पनि छुट छ। एआइको प्रयोगले आवाज पनि उस्तै तस्बिर पनि उस्तै बनाउने चरीत्र हत्या देखि अपमान र सत्यलाइ पनि झुट र झुटलाई पनि सत्य साबित गर्न अनेकौ प्रयन्त भएका छन।
रोजगारको अभाव: युवाहरू बेरोजगार छन्, लामोसमय कठिन काममा थोरै कमाइ हुने काममा युवाको आँखा मन जादैन। आफ्ना साथिभाइ र आफन्तको बिदेशको कमाइ र बसाई बाट प्रभावित युवा छन युवा।
यी विविध कारण पनि युवाहरुमा  समय छ—र राजनीतिक बहस “रोजगारको विकल्प” बनेको छ।
अब कसरी सुधार गर्ने ?
शिक्षामा सुधार: समालोचनात्मक चिन्तन, बहसको संस्कृति, सहिष्णुता सिकाउने पाठ्यक्रम।
राजनीतिक दलहरूलाई जवाफदेही बनाउने:
दलहरुलाइ आफ्ना प्रतिबद्धता, योजना र जनचासोको बिसयमा सचेत र जिम्मेवार बनाउने,  नागरिकको पनि प्राथमिकता नीति र विकास हुनुपर्छ, न कि नेताको प्रशंसा वा विरोध।
सामाजिक सञ्जालमा संयमता: आलोचना होस्, तर प्रमाणका साथ। बहस होस्, तर आदरका साथ।
शिक्षक र कर्मचारीहरूलाई राजनीति भन्दा माथि उठाउने वातावरण: उनीहरूको मुख्य दायित्वप्रति प्रतिबद्धता अनिवार्य बनाउने।सामाजिक संजालको लेखाइ होस वा काम गराइ , सार्वजनिक बहस होस वा अन्य बैचारिक कार्यक्रममा आफ्नो पेशा आफ्नो दायित्वलाई भुल्ने र राजनीतिक भावनालाइ बढी महत्त्व दिने कुरालाइ निरुत्साहित गर्नुपर्ने छ।
निर्वाचित  जनप्रतिनिधि सबैको साझा प्रतिनिधि होस उसको नजर उसका कर्म ब्यवहार सबैप्रती समान हुनुपर्छ, नीति कार्यक्रम वा योजनामा कोहि कसैप्रती विभेद नगरी म सबैको सबै मेरा भन्ने सामुहिक साझा भावना हुनुपर्छ ।
निष्कर्ष
तथ्य सहितको राजनीतिक चेतना राम्रो कुरा हो—तर जब त्यो चेतना अराजकता असामाजिक अमानवीय असहनशीलता, घृणा र अन्धसमर्थनमा बदलिन्छ, तब त्यो चेतना होइन, अन्धकार हुन्छ। त्यस्तो चेतनाले विध्वंस मच्चाउछ , नेपाली समाजले अब सही दिशा रोज्नुपर्छ—जहाँ बहस होस्, तर विकासका लागि। आलोचना होस्, तर सुधारका लागि। चेतना होस्, तर विवेकसहित।
-लेखक गणेश डुम्रे देवदह नगरपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष हुन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे