'अनेरास्ववियुले रुपन्देहीमा पनि बुझायो बालेन र सुदन विरुद्धको किटानी जाहेरी'

६ महिना अगाडि

अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पक्राउका लागि किटानी जाहेरी दिएको हो ।

भाद्र २३ र २४ गते Zen-Z आन्दोलनको दुरुपयोग गरी जिल्ला भित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु, कागजातहरु तथा व्यक्तिगत भवन तथा चल अचल सम्पत्तिहरु ध्वस्त, नष्ट हुने गरी तोडफोड, लुटपाट र आगजनी जस्ता कार्यमा विद्यार्थीहरु तथा युवाहरुलाई उकास्ने काम गरी निर्दोष युवा–विद्यार्थी, सर्वसाधरणको ज्यान समेत जाने गरी मुठभेठमा संलग्न गराई हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको हो ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष अर्जुन गैरे सहितको जिल्ला नेतृत्वले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रदिपकुमार क्षेत्रीलाई किटानी जाहेरी बुझाएको हो ।

जाहेरी बुझ्दै प्रहरी जिल्ला प्रमुख क्षेत्रीले देशको अवस्था गम्भिर भएको, शान्ति सुरक्षामा खटिने प्रहरीहरुको हतियार लुटिएको, प्रहरी साथीहरुको मनोवल कमजोर भएको अवस्था रहेको हुँदा सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम गर्ने कुरामा साथ दिन संगठनलाई अनुरोध गर्नुभएको थियो ।

किटानी जाहेरीको पूर्ण पाठ यस प्रकार छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे