'पहिरो नरोकिएपछी मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने'

७ महिना अगाडि

मुग्लिन-नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो ।

साँझसम्म पनि निरन्तर पहिरो गइरहेका कारण पन्छाउन नसकिएको बताए । आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ ।

‘आज पनि रातभर सडक नखुल्ने भयो । पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन सकिएन,’ एसपी पन्तले भने, ‘भोलि बिहान ४–५ बजेबाटै काम सुरु गर्छौं ।’

उनका अनुसार, भोलि पनि मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन गराउन सक्ने अवस्था देखिएको छैन ।

तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने