देवदह । रुपन्देहीको देवदहमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीका दिदिबहिनी क्लबस्तरीय प्रतियोगिता सम्पन्न भएको हो। ११ टिमको सहभागिता रहेको प्रतियोगितामा निर्णायक मण्डलमा कृष्ण नेपाल, सम्झना रणपाल र रितु थापा रहेका थिए ।
प्रतियोगितामा प्रदिपनगर दिदिबहिनी क्लब तिलोत्तमा–८ प्रथम, शिवपुर दिदिबहिनी तिलोत्तमा द्वितीय, शिवालय सृजनशील देवदह तृतीय तथा रामपुर दिदिबहिनी रामपुरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजेताहरुलाई क्रमशः प्रथम पुरस्कार १५ हजार, द्वितीय १२ हजार, तृतीय ९ हजार र सान्त्वना पुरस्कार ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले तीज पर्वले महिलाको उत्साह, एकता र सृजनशीलतालाई उजागर गर्ने भएकाले यस किसिमका प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिने बताइन् । उनले भनिन्, “महिलाको प्रतिभा र संस्कृतिको संरक्षणमा तीज गीत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ । यसले हाम्रो मौलिक संस्कृतिलाई अझै बलियो बनाउनेछ ।”
कार्यक्रम संस्थाको अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, तीज गित प्रतियोगिताका संयोजक, संचालक समिति सदस्य पार्वती न्यौपानेको स्वागत र सचीव कृष्ण राज पौडेलको संचालनमा सम्पन्न भएको थियो।