देवदह — रुपन्देहीको देवदह ५ स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.विमा आज राष्ट्रिय सेवा दल (एन सी सी ) का प्रमुख सेनानी दिनेश चौलागाईंले विद्यालयका एनसीसी क्याडेटहरूको औपचारिक निरीक्षण गर्नुभएको छ। उक्त कार्यक्रममा क्याडेटका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष जयकिसन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाअध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो। साथै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद शूर्यवंशी, रोशी गुरुङ, अतिरिक्त क्रियाकलाप प्रमुख ढुन्डीराज मरासिनी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख मरासिनीले गर्नुभएको थियो।
राष्ट्रिय सेवा दल (एन सी सी ) नेपालको एक युवा–उन्मुख संगठन हो, जसको उद्देश्य विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रिय भावना र सेवा भाव विकास गर्नु हो। विद्यालय तहदेखि नै युवालाई शारीरिक, बौद्धिक र सामाजिक विकासतर्फ प्रोत्साहित गर्ने यस संगठनले आवश्यक अवस्थामा विपद् व्यवस्थापन, सामाजिक सेवा र राष्ट्रिय सुरक्षासम्बन्धी चेतना अभिवृद्धिमा समेत भूमिका निर्वाह गर्दै आएको छ।