'गुल्मीमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न'

९ महिना अगाडि

गुल्मी जिल्लाको तम्घासमा दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।

गुल्मी फोटोग्राफर संघको आयोजना, रेसुङ्गा नगरपालिकाको सहयोग तथा लुम्बिनी फोटोग्राफर संघ को समन्वयमा २ दिने फोटोग्राफी सम्बन्धी तालिमको सनिवार सम्पन्न भएको हो ।

प्रमुख अथिती रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चार र सिर्जनशीलताको युगमा फोटोग्राफी एउटा कलामात्र नभई परिवर्तनको शक्तिशाली माध्यम रहेको बताउनु भयो ।

उहाँले यस्ता तालिमले युवा पुस्तालाई सीप, आत्मविश्वास र पेशागत अवसरका ढोका खोल्नुका साथै फोटोग्राफी सम्बन्धी गुणस्तर अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएका बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रसाशन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, घरेलु तथा साना उद्योग विकास समितिको प्रतिनिधी जिवन घिमिरे, गुल्मी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तारा प्रसाद भुसाल, गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, पत्रकार महासंग गुल्मीका सहसचिव मनु सुनार, गुल्मी जिल्लाको संस्थापन बरिष्ठ फोटोग्राफर तथा गुल्मी फोटोग्राफर संघका सल्लाहकार नन्दराम पाण्डे लगायतको विशेष अथिथ्यता रहेको कार्यक्रममा २५ जनाको संख्यामा तालिम लिएका थिए ।

कार्यक्रमको प्रशिक्षकहरुमा लुम्बिनी फोटोग्राफर संघको महासचिव त्रिभुवन पाण्डे र लेखा समिती सदस्य प्रेम बहादुर अर्याल रहनुभएको थियो ।

कार्यक्रममा फोटोग्राफिलाई कसरी गुणस्तरिय र आर्कषक बनाउने, फोटोग्राफीको प्राविधिक कुराहरुको तथा व्यवसायिक फोटोग्राफले गर्नुपने कुराहरुको बारेमा प्रशिक्षण दिएको लुम्बिनी फोटोग्राफर संघको महासचिव त्रिभुवन पाण्डले जानकारी दिनुभयो ।

दुई दिने फोटोग्राफि तथा क्षमता अभिवृद्धी सम्बन्धी कार्यक्रमको समन्वय लुम्बिनी फोटोग्राफर संघले गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)