बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं.-९, शंकरपुरमा झण्डै तीन करोड रुपैयाँको लगानीमा खुलेकाे होटल बन्धु प्रा.लि.भाेली असार २७ गते उद्घाटन हुने भएकाे छ।
विभिन्न पेशा व्यवसायमा आवद्ध आठ जना संचालकहरूकाे संयुक्त लगानी रहेकाे हाेटल असार २७ गतेबाट संञ्चालनमा आउन लागेकाे हाे ।
शंकरपुर चोक बाट १०० मिटरको दक्षिणमा रहेको होटल बन्धुमा असार २७ गते देखी ३२ गते सम्म होटलको उद्घाटन समारोह रहेको छ ।
बुटवल भैरवहाको बढ्दो शहरीकरण र पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै तिलाेत्तमाकाे बिच भाग शंकरपुरमा स्थापना गरिएको यो होटलमा अर्गानिक सफा खाना, सुविधा सम्पन्न बासको व्यवस्था तथा तथा विवाह, पार्टि लगाएतकाे कार्यक्रमकाे लागि पार्टीप्यालेसकाे समेत सुविधा रहेकाे संञ्चालक बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
१२ कठ्ठा क्षेत्रफलमा फैलिएको सुविधा सम्पन्न होटल प्राकृतिक वातावरणले भरिपूर्ण र मुख्य राजमार्गसँग जोडिएको होटल बन्धुमा खाना बास संगै विविन्न सानो देखी ठुला सम्मका कार्यक्रमहरू आयोजना गर्न सकिने मल्टिपर्पस हलको सुविधा रहेको छ।
सञ्चालक बाबुराम भट्टराईका अनुसार, “हाम्रो होटलमा ग्राहकको सुविधा, स्वास्थ्य, स्वाद र सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढ्ने जनाउनु भएको छ ।
अर्का संञ्चालक खिमानन्द पौडेलका अनुसार, “हामीले सुरु देखिनै अर्गानिक खानामा जोड दिइरहेका छौं। हाम्रा धेरैजसो खाद्य सामग्री आफ्नै कृषि उत्पादन हुनेछन भने निकट भविष्यमै आफ्नै कृषि फर्म संञ्चालन गरी आवस्यक पर्ने सबै खाद्य उपज फार्ममै उत्पादन गर्ने योजनामा छौ, जसले खाना स्वादिलो मात्र होइन, स्वास्थ्यवर्धक पनि हुनेछ।”
अर्का सञ्चालक राजन पराजुलीका अनुसार, “यो होटल केवल व्यावसायिक उद्देश्यका लागि मात्र नभई, स्थानीय समुदायको आवश्यकतासँग जोडिएको कुरा पनि हो। हामीले होटल व्यवसाय मार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै, रोजगारीको सिर्जना पनि गरिरहेका छौं।” हाल होटलमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।
होटल बन्धुमा विभिन्न पेशा र पृष्ठभूमिबाट आएका ८ जना लगानीकर्ताहरूको संयुक्त लगानी रहेको छ। जसमा तिलोत्तमा–५ निवासी बाबुराम भट्टराई, तिलोत्तमा–९ निवासी खिमानन्द पौडेल, तिलोत्तमा–५ निवासी गुरू प्रसाद भुसाल, तिलोत्तमा–५ निवासी राम प्रसाद भण्डारी, तिलोत्तमा–८ निवासी राजन पराजुली, गुल्मी चन्द्रकोट–८ निवासी सचिन गैरे, तिलोत्तमा–८ निवासी केशवराज भण्डारी, र गुल्मी, सत्यवती–७ निवासी कासिराम न्यौपाने रहनु भएको छ ।
होटलमा स-साना भेटघाटदेखि ठूला विवाह समारोहसम्मका लागि उपयुक्त सेमिनार हल, गोष्ठी हल र पार्टी स्पेस राखिएको छ। सांस्कृतिक कार्यक्रमको लागि बध्यबाजन तथा प्रविधिसहितको सेटअप, पर्याप्त पार्किङ, शान्त वातावरणले कार्यक्रम आयोजना गर्न चाहनेहरूको रोजाई बन्न सक्छ ।
सञ्चालकहरूका अनुसार, होटल बन्धुले उद्घाटन सँगै तिलोत्तमा नगर क्षेत्रमा अर्गानिक तथा गुणस्तरीय सेवा दिने होटलको अभावलाई केही हदसम्म सम्बोधन गर्ने विश्वास गरिएको छ। पर्यटकीय दृष्टिले समेत महत्व राख्ने शंकरपुर क्षेत्रमा यस्तो सुविधा सम्पन्न होटलको स्थापना स्वागतयोग्य कदम मानिएको छ।





