'कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”'

९ महिना अगाडि

बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा ४५१ जना अव्यवस्थित वसोबासीले जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार आयोजित एक कार्यक्रममा उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन्। ९८ वर्षीय भानुभक्त उपाध्यायलाई लालपुर्जा हस्तान्तरण गर्दै वितरण प्रक्रिया सुरु गरिएको हो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार सुकुम्बासी समस्या समाधानतर्फ गम्भीर रहेको बताए। “अब कुनै पनि नेपाली भूमिहीन र अव्यवस्थित वसोबासी रहने अवस्था रहँदैन,” उनले भने, “सरकारले दीर्घकालीन समाधानका लागि प्राथमिकता दिइरहेको छ।” उनले सकारात्मक सोचका साथ अघि बढे मात्र समस्याको दिगो समाधान सम्भव हुने बताए। समाजमा राम्रो कामको समेत अवमूल्यन हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले भने, “सरकारका कामलाई नकारात्मक दृष्टिकोणले होइन, मूल्यांकन गरेर हेरिनुपर्छ।”

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अझै लालपुर्जा नपाएका सुकुम्बासीको प्रक्रिया अघि बढिसकेको जानकारी दिए। “सबैलाई समेट्ने गरी सरकारले काम गरिरहेको छ,” उनले भने।

पूर्व सांसद भरतकुमार शाहले वर्षौंअघिदेखि कञ्चनका जनतालाई लालपुर्जा दिने सपना बोकेकामा अब आएर त्यो पूरा भएको बताए।
कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले लामो समयको प्रयास, समन्वय र सहकार्यकै कारण लालपुर्जा वितरण सम्भव भएको उल्लेख गरे। “सबै दलको सहयोगमा यो काम सफल भयो,” उनले भने। कार्यक्रममा सहभागी स्थानीय सुकुम्बासीहरूले लालपुर्जा पाउँदा लामो समयदेखिको प्रतीक्षा टुंगिएको भन्दै खुसी व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला