'देवदह वडा नं ८ बालमैत्री घोषणा तयारीमा, रणनीतिक योजना निर्माण सम्पन्न'

९ महिना अगाडि

देवदह । रुपन्देहीको देवदहमा बालमैत्री स्थानीय शासनको सुचकको सुनिश्चिता एवम् घोषणा पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ८ लाई बालमैत्री वडा घोषणा गराउन विभिन्न कार्यक्रम भैरहदा त्यसलाई दिगोपन बनाउन आवश्यक रणनीतिक योजना निर्माण गरिएको हो ।

सो अवसरमा देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेयले वडालाई यही असार मसान्तभित्र बालमैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। उहाँले बाल अधिकारको संरक्षण र बालमैत्री संरचना निर्माणमा वडा प्रतिबद्ध रहेको समेत बताउनुभयो। साथै, समुदायको सक्रिय सहभागिताले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उहाँको विश्वास छ।

सोहि अवसरमा बाल मैत्री घोषणा पश्चातको दिगोपनको लागि प्रतिवद्द्ता पत्रमा हस्ताक्षर समेत गरिएको छ । प्रतिवद्द्ता पत्रमा वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका सरोकारवालाहरु, बालसञ्जालका पदाधिकारीहरु तथा सदस्य लगाएतले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)