'मावि स्तरीय लोक नृत्य कौडा नाँच प्रतियोगिताको उपाधी नारायण मावि ढुस्तुङलाई'

१० महिना अगाडि

पाल्पा । माध्यमिक तह स्तरीय लोक नृत्य कौडा नाँच प्रतियोगिताको उपाधी नारायण मा.वि.ढुस्तुङ जितेकाे छ ।

रिब्दीकोट गाउँपालिकाको आयोजनामा माध्यमिक तह स्तरीय लोक नृत्य (कौडा नाँच) प्रतियाेगितामा नारायण मा.वि.ले प्रथम स्थान हासिल गर्दै प्रतियाेगिताकाे उपाधी जितेकाे हाे ।

आज असार ११ गते पालिका स्तरीय अतिरिक्त क्रीयाकलाप समिति संयोजक श्री देव राज घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि श्री नारायण बहादुर कार्की ज्यूले गर्नुभएको थियाे ।

कार्यक्रम रिब्दीकोट गाउँपालिका उपाध्यक्ष श्री कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री मणि प्रसाद खनाल ज्यूहरुको बिशिस्ट आतिथ्यता एवं वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको आतिथ्यता लगायत कर्मचारी, प्रतियोगितामा सहभागी विद्यालयका शिक्षकहरु तथा विध्यार्थिहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा सभ्य, भब्य र उत्साहजनक उपस्थितिमा सम्पन्न भएको थियाे।
प्रतियोगितामा पालिकाभित्रका सहभागी १४ विद्यालयहरु मध्य श्री नारायण मा.वि. ढुस्तुङ पाल्पाले प्रथम स्थान, श्री भैरब जनता मा. वि. भैरबस्थान पाल्पाले द्वितीय र श्री आदर्श मा.वि. देउराली पाल्पाले तृतीय स्थान प्राप्त गरेका छन।

प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय हुने सहभागी विध्यार्थिहरुलाइ प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरि सम्मान गरिएको थियाे।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे