'देवदह बुद्ध पब्लिकमा प्रवचन कार्यक्रम सम्पन्न'

१० महिना अगाडि

देवदह बुद्ध पब्लिक आवासीय मा.वि. मा राष्ट्रिय सेवादल NCC क्याडेट छनोट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच प्रवचन प्रदान गरिएको छ ।

विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशीले स्वागत मन्तव्य प्रदान गर्नु भएको थियो ।

राष्ट्रिय सेवादलमा छनोट विद्यार्थीहरुलाई तारादल गणका गणपति प्रमुख सेनानी सुवर्ण खड्काले प्रवचन प्रदान गर्नु भएको थियो । उहाँले NCC कार्यक्रमले विद्यार्थी भाइबहिनीहरुमा, उत्साह, आत्मबल अनुशासन र मनैदेखि सेवाको भाव पैदा गराउने कुरामा आफू विश्ववास्त रहेको कुरा व्यक्त गर्नु भयो ।

सम्पूर्ण क्याडेट छनोट विद्यार्थीहरुलाई आफू, आफ्नो देश र देशको माटोलाई चिनेर यही देशमा भविष्य खोज्न समेत सुझाव दिनु भयो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालन रहेको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल रोशी गुरुङ्ग मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा,+२ इन्चार्ज अनन्तराम भण्डारी लगायत शिक्षक कर्मचारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे