'प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा १९ वर्षीय अर्जुन कुमाल'

१ वर्ष अगाडि

बुटवल । जारी प्रधानमन्त्री कप-२०८१ मा सर्वाधिक रन बनाउने ब्याटरको सूचीको शीर्ष स्थानमा १९ वर्षीय अर्जुन कुमालले आफ्नो स्थान दर्ता गरेका छन ।

उनले आज मधेश प्रदेशको विरुद्धमा १४० बल खेल्दै मा १ छक्का र १० चौकासहित १०६ रन बनाए ।

पहिले ब्याटिङ गर्दै मधेशले २४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकी पनि लक्ष्य पछ्याउने क्रममा युवा ब्याटर अर्जुन कुमालले प्रधानमन्त्री कप क्रिकेटमा शतक प्रहार गरेका हुन् ।  २४६ रनमै अलआउट भएपछि खेल बराबरी भयो । त्यसपछि भएको सुपर ओभरमा गण्डकीले नतिजा आपफ्नो पक्षमा पारेको छ ।

अन्तिम ओभरमा गण्डकीलाई जितका लागि ८ रन आवश्यक थियो भने हातमा दुई विकेटमात्र थिए । मधेशले ७ रनमात्र जोड्न सक्यो । अन्तिम बलमा दुई रन चाहिएकोमा ब्याट्सम्यान आउट भएका थिए ।

हरिशंकर साह र रुपेश सिंहले अर्धशतक हानेपछि मधेशले २४६ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो । जवाफी ब्याटिङमा अर्जुनले गण्डकीलाई डोर्‍याए, तर अन्य ब्याटरहरुको बलियो साथ पाउन सकेनन् ।

अर्जुन १४० बलमा १ छक्का र १० चौकासहित १०६ रन बनाएर आउट भए । उनी आठौं विकेटका रुपमा पेभिलियन फर्किँदा गण्डकी जितभन्दा ५३ रन टाढा थियो । विपीन खत्री र सुदीप अर्यालले आठौं विकेटका लागि बलियो साझेदारी गर्दै गण्डकीलाई जितको नजिक पुर्‍याएका थिए । विपीनले २६ र सुदीपले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा अविजित ३४ रन बनाए, तर अन्तिम बलमा सुदीपले दुई रन लिन नसक्दा गण्डकीले बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

आजको शतकसँगे प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा १९ वर्षीय अर्जुन शीर्ष स्थानमा उक्लिएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे