'देवदहमा गँड्यौले मल प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न'

१ वर्ष अगाडि

रुपन्देही । रुपन्देहीको देवदहमा प्राङ्गारीक मल (गँड्यौले मल)को उपयोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव यादव प्रसाद कोईरालाले सहकारीले सञ्चालन गरेका गतिविधिहरु जिल्लामा उदाहरणीय भएको उल्लेख गर्नुभयो । उहाले गँड्यौले मलको प्रयोगले विषादीरहित तरकारी उत्पादन गर्न सकिने भएकाले यो स्वस्थ जीवनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । साथै, यसले किसानहरुको आय आर्जनका लागि नयाँ संभावना समेत सावित हुन सक्ने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियो देवदहका महासचिव दिपक न्यौपाने, संस्थाका कोषाध्यक्ष अमृत बहादुर फुल्लेल लगाएतले  आ-आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण हरी भण्डारीले गर्नुभएको थियो ।कार्यक्रममा सहभागीहरुलाई गँड्यौले मलको उपयोग र यसबाट हुने फाइदाबारे विस्तृत जानकारी दिइएको थियो ।  कार्यक्रमले जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता, उपाध्यक्ष सन्दरी गिरीको स्वागत र सचिव केशर बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय किसान, सहकारीका सदस्य र प्राविधिकहरुको उल्लेख्यनीय सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे