'देवदहमा गुन्जियो साहित्यको सागर'

१ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा “उज्यालोमा श्रष्टा” नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मूल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण, सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सुनसरीबाट साहित्यकार भवानी नेपाल, कवि दीप मिलन- रूपन्देहीबाट, गजलकार आर सी संकल्प गोरखाबाट, राज यात्री लम्साल मोरङबाट, सरोज संगम- म्याग्दीबाट, ईन्धन डिबी भण्डारी गुल्मीबाट र पूजा जिज्ञासु पाल्पाबाट गरी ७ जना साहित्यकारहरुले रचनावाचन गरेका थिए। साहित्यकारहरुले रचना मार्फत देश र माया प्रेमका भावनात्मक अभिव्यक्तिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उज्यालो लाल्टिन प्रतिष्ठानले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्नुभयो । साहित्य र अन्य ढंगबाट सामाजिक क्रियाकलापहरु संचालन गरि समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उपप्रमुख गुरुङले आगामी दिनहरुमा समेत निरन्तरता दिन सुझाव दिनुभयो ।

देवदह नगरपालिकाको आर्थिक सहयोग अनुराग साहित्य समाज र युगिन साहित्य समाज देवहको समन्वयमा यति ब्रुअरी लिमिटेडको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम प्रतिष्ठानका सदस्य एलिना हमालको अध्यक्षता र सदस्य मुकेश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे