'उनी संग फेरी भेटै भएन…'

२ वर्ष अगाडि

नामथर – ठीक
बुवाको नामथर – ठीक
आमाको नामथर – ठीक
छोराको नामथर – डेविड।
‘हजुर कृश्चियन ?’ माथि उल्लेखित दफामा रातो मसीको डट्पेनले ठीक चिन्ह लगाइरहेका, निलो रङले पोतिएको नङसहितको उनका गोरा औंलाहरु अचानक रोकिए। बदलामा खैरो लाली सहितको ओठ चल्न थाल्यो।
‘होइन।’ मैले लजाई लजाई आफ्नै साथीतिर साहस सापटी मागेर भनें।
‘प्राय क्रिश्चियनहरुको हुन्छ नि यो नाम ।’ आफ्नो खैरो लालीहरुको बीचबाट सेतो दन्त प्रदर्शन गर्दै उनी बोलिन्।
‘हजुर। तर मलाई फुटबल खेलाडी डेविड ब्याक्ह्याम खुब मनपर्छ, तेइ भएर राख्देको।’ म उसको चाँदनीजस्तो मुहारमा नियाल्दै बोलें।
‘ओहो! है।’ उनी सुस्तरी बोलिन्।

जागिर गर्नुभन्दा पहिले मेरो कुनै बैंकमा खाता थिएन। खाताको नाममा थियो त फेसबुक र ट्विटर मात्रै। तर जागिरको नियुक्तिपत्र लिने बित्तिकै खाता नम्बर चाहिने भयो। मसहित साथीहरु राष्ट्रिय वाणिज्य वैंक, सन्धिखर्कमा खाता खोल्न गयौं।

बैंकमा मखमली उमेरमा प्रवेश गरेका धेरै युवतीहरु देखिए। हामी सबैले ती युवतीहरुलाई आफ्नो फाइल बुझायौं। अरु साथीहरुको ब्यक्तिगत विवरण छोटो थियो कारण तिनिहरु अविवाहित थिए। तिनिहरुको खाता खोल्ने काम अलि छिटो भयो मेरोभन्दा। मेरा साथीहरू मलाई हेर्दै मुस्कुराईरहेका थिए।

मेरो अगाडि एकजना मगर्नी थिई। नाक थेप्चो थेप्चो, मुहार गोलाकार, आँखा चिम्से, कसिलो ज्यान। म त्यसै मख्ख थिएँ। म बेलाबेला उनको प्रश्नको आवश्यक जवाफ दिइरहेको थिएँ।
जब उनी श्रीमतीको नामथर – दफामा पुगिन्, फेरि रोकिइन्। संयोगले श्रीमतीको नामथरमा उल्लेखित नाम र उनको नाम एउटै परेछ।

‘ओए हेर न। मेरो नाम।’ उनले आफ्ना सबै साथीहरूलाई सुस्त आवाजमा त्यो नाम देखाएर भनिरहिन्। मलाई उनको नाम थाहा भयो। म हल्का मुस्कुराउदै बसें। उनले माथिको वाक्य धेरैबेर दोहोर्‍याईरहिन्।

यसकारण मलाई उनी आफ्नो लाग्न थाल्यो। मैले उनमा आफ्नोपन भेट्न थालें। सन्धिखर्कमा उनी एक थिइन्, जोसङ्ग म खुलेर कुरा गर्ने भएँ। लगत्तै, उनी वासरुमतिर लागिन्। आफ्नी साथीलाई भन्दै थिइन्,
‘ओए ! उहाँको त्यो बाँकी काम गर्दे ल। अलि छिटो गर्दे नि फेरि।’

आफ्नो साथीको इङ्गेज्मेन्ट छ भनेर उनी करिव १ बजे निस्किइन्। उनकी साथीले मेरो बाँकी काम गरिदिइन्। बेलाबेला जिस्काईरहिन् पनि। काम सकेर हामी त्यहाँबाट निस्कियौं।

अर्कोमहिना सन्धिखर्क गएँ। तर उनलाई भेटिनँ। अर्की लेडिज स्टाफलाई सोधें,
‘हाम्रो सिर्जना जी कहाँ हुनुहुन्छ?’ मैले नरम भएर सोधें।
‘को उहाँ ? मलाई थाहा छैन तपाइको मान्छे कहाँ गयो ।’ पातलो ज्यानबाट गह्रौं आवाज निस्कियो। मेरो मन भारी भयो। मैले ती स्टाफसङ्ग उनको बारे सोधिनँ। मलाई त्यो बैंक नै मन परेन।
पछि थाहा पाएँ, उनी र उनकी साथीहरु इन्टर्नसिपको लागि आएकी रहिछन्। अहिले तिनिहरुको समय सकिएको रहेछ।

त्यसपछि,
मलाई उनको नाम थियो। फोटो देख्ने भए म चिनिहाल्थें। मैले फेसबुकमा उनलाई कति खोजें। भेटिनँ। अर्घाखाँचीका सबै साथीहरुको फ्रेन्डलिस्टमा गएर खोजें भेटिनँ। कतिपटक उनको नामलाई भाँचेर खोजें। भेटिनँ, बरु आफ्नै मन भाँचियो। मैले उनलाई फेसबुकमा धेरै खोजें। तर आजसम्म भेटेको छैन।

आजकल प्रत्येक महिनाको अन्तिममा बैंकमा जान्छु। खातामा भएको रकम बुझ्ने निहुँले जान्छु। सबैभन्दा पहिले उनलाई खोज्छु। पोहोर उनीजस्तै इन्टर्नसिपको लागि आएका धेरै युवतीहरु देख्छु तर उनलाई देख्दिनँ। मन त्यसै अमिलो भएर आउँछ।

-लेखक केशु खण्डालु मगर निजामती सेवामा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे