'सेभेन स्टार इङ्लिस बोर्डिङ स्कूलको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न'

२ वर्ष अगाडि

देवदह । सेभेन स्टार इङ्लिस बोर्डिङ स्कूलको १७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई सम्बोधन जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले राज्यले सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण एउटै बनाउनु पर्ने बताउनुभयो । उहाँले निजी विद्यालयले शैक्षिक विकासमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । सरकारले निजी विद्यालयको जस्तै गुणस्तरीय शिक्षा दिने हो र निजी विद्यालय आवश्यक छैन भन्ने हो भने लगानी फिर्ता गरेर सरकारीकरण गर्नु पर्नेमा उहाँले जोड दिनु भयो।

सोही कार्यक्रममा शिक्षा समन्वय एकाई रुपन्देहीका प्रमुख माधव बण्जाडे, प्याब्सनका केन्द्रिय सदस्य लेखनाथ पौडेल, प्याब्सनका जिल्ला अध्यक्ष अनन्तराम शर्मा, नगर अध्यक्ष राम बहादुर गुरुङ्ग, बडा अध्यक्ष दलबहादुर राकस्कोटी, ग्लोबल आईएमई बैंकका वशन्तबहादुर श्रेष्ठ, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ्ग, लुम्बिनी वर्ल्ड स्कुलका बिष्णु ढकाल,केरवानी खानेपानीका दिपक पौडेल, नेपाल रेड क्रस सोसाइटीका कृष्ण प्रसाद न्यौपाने, देवदह आदर्श बहुमुखी क्याम्पसका जयकिशन अधिकारी, गरिमा विकास बैंकका यज्ञराज आचार्य लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम चापागाईंले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा खाना महोत्सव एवम् स्वास्थ्य शिविर समेत सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रममा शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरिएको थियो । उक्त कार्यक्रम विद्यालयका प्रवन्ध निर्देशक मोहन गिरीको स्वागत र शिक्षक सुर्य डुम्रे र नरेश रानाको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला