'चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु; आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै'

२ वर्ष अगाडि

चितवन ।  चितवनको सौराहामा शुरु भएको १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ ।

हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो । यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ ।

हिजोदेखि शुरु भएको पाँच दिने महोत्सव रत्ननगर नगरपालिका–७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि शुरु भएको हो । क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसिएशन चितवन छन् ।

-रासस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने